असार १८, चितवन। नारायगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध भएको नारायगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछी दुइतर्फी सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको थियो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले उक्त पहिरो पन्छाइसकेपछी सडक दुइतर्फी सञ्चालन गरिएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता