Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि कार्फ्यू आदेश जारी

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, सर्लाही । स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि कार्फ्यू आदेश जारी गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर बरहथवा नगरपालिकामा विवाद र झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो।

स्थानीय प्रशासनले बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि कार्फ्यू आदेश जारी गरेको छ ।

एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कर्फ्यू लगाएको बताएका छन् । जारी सुचना अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप