Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु १३ जना घाइते, एक सय ३५ संरचनामा क्षति

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, बझाङ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । 

मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जनाएका छन ।

अहिले सम्म बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् भने दुई जना उपचारपछि घर फर्किएका छन् । जिल्ला अस्पतालमा नौ जनाको उपचार भइरहेको छ । बझाङमा भूकम्पबाट एक सय ३५ संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप