Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसपीले चलाएको गाडीसँग मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, झापा । मोटरसाइकल  र गाडी एक आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ९ बजे झापाको कन्काई गाउँपालिका-८ बिरिङ खोलाको पुलमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको गाडीसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएको हो ।

प्रहरीको एसपीले चलाएको मे१च ७८३९ नम्बरको स्कारपिओ गाडीसँग पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उक्त गाडी प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत एसपी भीमबहादुर दाहालले चलाएका थिए।

मोटरसाइकलमा तिन जना सवार रहेको र उनीहरूले मापसे गरी बिना सवारी चालक अनुमतिपत्र सवारि चलाएका थिए। सोही क्रममा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई गाडीसँग ठोक्किन पुगेको थियो ।

अहिले दुर्घटनाबारे अनुसन्धानका लागी गाडी र गाडीका चालक एसपी दाहाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप