साउन ३, काठमाडौँ । आज काठमाडौँको व्यस्त स्थान सिनामंगलमा शंकास्पद वस्तु देखिएको छ ।
सिनामंगलमा रहेको खोटाङ हलेसी ज्वलेर्स को सटर अगाडी शंकास्पद वस्तु फेला परेको हो । पुल नजिकै रहेको उक्त पसलको हटर अगाडी राखीएको अवस्थामा सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी काठमाडौँका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले दिएका छन ।
- न्युज बहार संवाददाता