Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्ने गर्नुस: गृहमन्त्री

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

गृहमन्त्री लामिछानेले सार्वजनिक रुपमा अपिल गर्दै कर छली,  गैरकानुनी काम, धाकधम्की, गुण्डागर्दी, तस्करीलगायतका अपराध गर्ने समूह र व्यक्तिलाई कारबाही गर्न आदेश कुर्न नपर्ने समेत बताएका हुन् ।

मन्त्री लामीछानेले आज मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाट्यस लेखेका छन ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो?, तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्ने गर्नुस।’

  • न्युज बहार संवाददाता

थप