Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ज्ञानेन्द्र शाहीले के भन्दा संसद मच्चियो हंगामा ?

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आजको संसद बैठकमा आफू संसदमा कसैको घाँटी काटेर र गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि केहीबेर हंगामा मच्चिएको छ ।

आइतबारको बैठकको विशेष समयमा बोल्दा सांसद शाहीले आफूँ कसैको घाँटी काटेर नभएको भनेपछि सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठकमा केहीबेर हंगामा भयो । आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै सांसद शाहीले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर र मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्ने धारणा राखेका थिए ।

शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरपछी पाण्डेको नियमापत्तिपछि कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताएका थिए । 

  • न्युज बहार संवाददाता

थप