Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानुपर्छ : गगन थापा

  •   २ वर्ष अघि | १६ पुस २०८१, मङ्लबार

पुस १६, काठमाडौँ । सहकारी अनुसन्धानमा जोडिएका कांग्रेसका पदाधिकारी वा कुनै नेता छन् भने उनिहरुलाई पाता कसेर लैजान नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन्।

थापाका अनुसार यो कुरा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेका छन ।

कांग्रेस उपसभापति धनराज गुरूङ ललितपुरको मितेरी सहकारीमा जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ।

आज मंगलबार मकवानपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यही विषयमा उपसभापति गुरूङको नाम नलिई भनेका हुन ।

उनले भने, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू।

थापाले जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानुपर्ने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप