Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भ्रष्टाचारका काण्डहरु खोल्दै जाँदा गठबन्धन भत्किने, सरकार ढल्ने कुराहरु किन आउँछन्? : मन्त्री धनराज गुरुङ

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गरेका छन् ।

आज सोमबार मन्त्री गुरुङले पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।

मन्त्री गुरुङले भने म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ, तर बीच बीचमा ब्रेक अपर्झट ब्रेक लाग्छ, एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ यो बडो चिन्ताको विषय बनेको छ ।

उनले बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भने मेरो यो निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न नसक्ने हुन्छ।

उनले बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई नै प्रश्न गर्दै सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढल्ने कुरा किन? जब हामी भ्रष्टाचारका काण्डहरु एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरु किन आउँछन्? सरकार ढाल्ने कुराहरु किन आउँछन्? किन यसो भइरहन्छ भनेका छन ।

  • न्युज बहार संवाददाता

थप