Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रातारात जे भएको छ, सबै स्पष्ट नै छ नि, केही भन्नैपर्ने छैन : गृहमन्त्री रवि लामिछाने

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

उनले आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको  भन्ने प्रतिक्रिया दिएका हुन् ।

गृहमन्त्री लामिछानेले भने, ‘रातारात जे भएको छ, सबै स्पष्ट नै छ नि, केही भन्नैपर्ने छैन।’

भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको उनले बताएका छन । यस विषयमा उनले प्रश्नको शैलीमा भने ‘संविधान जोगाउन खोजेको हो की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिँदैन त ?।’

  • न्युज बहार संवाददाता

थप