जेठ १४, काठमाडौँ । तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुँदाको अवस्था र अहिलेको विषयमा आधारभूत रूपमा अन्तर रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
गृहमन्त्री
लेखकले आज बुधबार अपराह्न संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै अहिलेको
भिजिट भिसा प्रकरणमा मुछिएर राजीनामा मागेको विषय र रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा भिन्नता रहेको
जिकिर गरेका हुन्।
उनका
अनुसार रवि लामिछानेविरूद्ध त्यतिबेला जाहेरी दर्ता भएको, आफै अनुसन्धानको घेरामा रहेको र गृह
मातहत रहेन प्रहरीले नै अनुसन्धान गरी राय दिनुपर्ने अवस्था रहेको थियो।
उनले भने
‘आजको अवस्था त्यही हो? अहिले मेरा विरूद्धमा अनुसन्धान भइरहेको छैन। राष्ट्रसेवकको
विरूद्धमा अनुसन्धान भइरहेको छ।’
- न्युज बहार संवाददाता