Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ : रास्वपा प्रमुख सचेतक सन्तोष परियार ।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभालाई सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बन्दी बनाएको आरोप लगाएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले उच्च स्तरीय छानबिन समिति बनाउन नचाहने सरकार र बनाउनैपर्ने प्रमुख प्रतिपक्षी दलको अडानले संसद बन्दी बनेको बताएका हुन् ।

उनले भने ‘सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ।’

त्यसैगरी सांसद परिवारले आफूहरु सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा परिरहेको समेत बताएका छन ।

  • न्युज बहार संवाददाता

थप