Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ओली र ‘प्रचण्ड’ सँग सम्झौता गर्नुभन्दा मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको रास्वपा महामन्त्रीको निष्कर्ष

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष सहितको प्रतिवेदन रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेका छन्।

महामन्त्री ढकालले ३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्।

उक्त प्रतिवेदन उनले आज बुधबार साँझ सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्ने बताएका छन ।

महामन्त्री ढकालले उक्त प्रतिवेदनमा २०८४ को निर्वाचनभन्दा पहिला नै धनगढी उपमहानगरका मेयर गोपी हमाल र काठमाडौँका मेयर बालेन शाहसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख समेत गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप