Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरेपनि त्यसको विपक्षमा छ राप्रपा : राजेन्द्र लिङ्देन

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।

सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने लिङ्देनले बताएका छन । यस विषयमा उनले भने ‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरेपनि त्यसको विपक्षमा छ, राप्रपा, म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’

उनले दुवै पक्षले वार्ताको माध्यमलाई उपयोग गर्नुपर्ने सुझाव दिएका छन । उनले भने ‘सबै पक्षलाई संयमता अपनाउन र सम्वादको बाटोबाट समाधान गर्न अपिल गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्छु ।’

  • न्युज बहार संवाददाता

थप