माघ २, काठमाडौँ । देशमा न्याय नमरेको
प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएका छन् ।
लामिछानेले
आज जिल्ला अदालत काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि अदातलप्रति
सम्मान व्यक्त गर्दै यस्तो प्रतिकृया दिएका हुन ।
धरौटी
बुझाएर रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद, अदालतप्रति
एकदमै सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ, न्यायप्रेमी
जनतालाई धन्यवाद दिन चाहन्छु साथै न्यायलयलाई
विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’
- न्युज बहार संवाददाता