साउन १३, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् ।
सञ्चारकर्मीहरु सित चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरेका छन ।
“भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो
देखिएको छ र केही राम्रा सङ्केत पनि देखिएका छन् तर ति पर्याप्त छैनन् ।” सभापति लामिछानेले भने । उनले सरकारको मूल्याङ्कन गर्ने धेरै
आधार हुने र सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताएका छन।
- न्युज बहार संवाददाता