Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । आज सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा भएको नियमित सचिवहरूको बैठकमा निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने समेत बताएका छन । 

यस विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन, असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी म आफैँले लिनेछु ।”

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार थप उद्देश्य, ऊर्जा, सोच, नयाँ कार्यसूची र कार्ययोजनाका साथ आएको पनि बताएका छन । उनले भने “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्, हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ र अझै थप जाँगर तथा जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

 

  • न्युज बहार संवाददाता

थप