माघ २१, काठमाडौँ
। आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्रिय गौरवका
आयोजनाहरूमा अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै आजदेखि राष्ट्रव्यापी दबाब
अभियान सुरु गर्दै छ । सभापति रवि लामिछानेले आज आइतबारदेखि दुई महिनासम्म सञ्चालन
हुने दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्ची बजारबाट सुरुवात गर्दै छन् ।
प्रमुख
सचेतक सन्तोष परियारका अनुसार रास्वपाले रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको
काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ राष्ट्रव्यापी दबाब
अभियान सञ्चालन गर्न लागेको हो । २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१
आयोजनामा २१ वटा दबाब यात्रा हुने छन ।
- न्युज बहार संवाददाता