Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकार अब धेरै अगाडि नजाने प्रचण्डको दाबी

  •   १ वर्ष अघि | ६ चैत्र २०८१, बुधबार

चैत ६, काठमाडौँ । सरकार अब धेरै अगाडि नजाने दाबी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। 

 

अध्यक्ष प्रचण्ड भोली बिहीबारदेखि पुनः सुरू हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि आज बुधबार बारा पुगेका थिए । सोही अवसरमा सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार धेरै अगाडि नजाने दाबी गरेका हुन्।

 

यस विषयमा उनले भने त्यो टिक्ने र चल्ने वाला छैन, यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन र यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन।’ 

अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने अध्यक्ष प्रचण्डले दाबी गरेका छन । 

  • न्युज बहार संवाददाता

थप