असोज १९, काठमाडौँ । आज शुक्रबारको प्रतिनिधि
सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कविताको लयमा आफ्ना भनाई राखेका छन
।
उनले शून्य समयमा बोल्दै महंगीका
सम्बन्धमा कविताकै शैलिमा कुराहरु राखेका
हुन ।
उनले
जनताको दशैं कसरी टर्छ ? महँगीका कारण किनमेल गर्न सकिने अवस्था छैन बन्ने भावमा सरकारको
जवाफ मागेका छन् ।
पन्तले आजको
प्रतिनिधि सभाको बैठकमा सुनाउनु भएको कविता यस्तो छ ।
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको
बोराले नाघ्यो तीन हजार
रहर दाल
किलोको २५०
बजार भाउ
सुन्दा गुम्छ होस हवास
तरकारीले
भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले
के किन्लास् तैँले भनेर आँखा तर्छ
दशैं
पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका
घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन
लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार
गरिबको दशैं यसपाली कसरी टर्छ ?
- न्युज बहार संवाददाता