साउन ५, काठमाडौँ । पुर्व निर्धारित कार्यसुची अनुसार नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
आज शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् भने हिजो बसेको बैठकमा ३५ केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय
कार्यालयले समितिको बैठकलाई भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको जानकारी दिएको छ
।
- न्युज बहार संवाददाता