Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन

  •   ३ वर्ष अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, ललितपुर । रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने जनाएका छन् । 

ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बिहीबार साँझ बोल्दै उनले क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म धोबिघाट क्षेत्रमा ३४ जना र कुसुन्ती क्षेत्रमा २४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेन्डर आह्वान गर्ने बताएका हुन। 

सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको मेयर महर्जनले जानकारि दिएका छन । यसकालागी १ करोड २० लाख विद्युत् प्राधिकरणले सहयोग गर्ने हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्टाइएको उबले बताए । उनका अनुसार अब दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने समेत बताएका छन । 

मेयर महर्जनले रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप