Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ महानगरका मेयर बालेन शाहाले दिए नेपाली टिमलाई शुभकामना

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३, काठमाडौँ । महानगरका मेयर बालेन शाहाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एसिया कप खेल्ने नेपाली टिमलाई शुभकामना दिएका छन ।

बुधबार आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेन भन्छन 'टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो।'

बालेन थप लेख्छन 'सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पुर्ण नेपालीलाई शुभकामना। जय नेपाल ।' 



 

  • न्युज बहार संवाददाता

थप