Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अग्नि सापकोटासँग भिजिट भिसा प्रकरण साटेको भन्ने कुरा गलत हो: प्रचण्ड

  •   १ वर्ष अघि | ३२ जेष्ठ २०८२, शनिबार

जेठ ३१, विराटनगर । भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्। 

आज शनिबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुराकानीमा गर्दै भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताएका हुन्। उनले यो दुबै छुट्टाछुट्टै विषय रहेको जनाएका छन्।

यस विषयमा उनले भने 'अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो, वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्, त्यस्तो होइन, यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन।'

‍राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शुक्रबार माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप लगाएका थिए।  

 

  • न्युज बहार संवाददाता

थप