Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको बताएका हुन्।

उनले भने देश तथा विदेशका टोलटोलका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई घण्टीमा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ र २१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तानेका छौँ।’

‘अब चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौँ’, उनले भने ‘रास्वपा आफ्नो उद्देश्यमा अडिग रहेको छ।’

लामिछानेले रास्वपाको घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि  बसेको समेत बताएका  छन्।

  • न्युज बहार संवाददाता

थप