पुस १०, काठमाडौँ । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके
आफूले पनि पद ओगटिरहन जरूरी नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बताएका छन्।
मंगलबार
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सरकार गठनको एक वर्ष
पुगेका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय
गर्नैपर्ने नैतिक दबाबमा छौँ, कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब
ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।
यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैंसँग गरेको बाचा पनि हो।
देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’
मन्त्रीहरूलाई
असफल हुने छुट नभएको उनले बताए। उनको भनाइ अनुसार कार्यसम्पादन कमजोर भएको
अवस्थामा कसैलाई पनि माफ गर्न सक्ने अवस्था र मनस्थितिमा उनि छैनन् ।
- न्युज बहार संवाददाता