Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाइ प्रश्न ‘सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न नसकेको हो?’

  •   २ वर्ष अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहकारी घोटाला प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन्।

आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिएर बोलेका शाहीले भने, ‘कहिले पक्राउ गर्नुहुन्छ गृहमन्त्रीले जिबी  राईलाई? आकासमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछु बन्नु भएकोले हामी हेरेर बसेका छौँ।’ 

राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न नसकेको हो भनेर प्रश्न समेत गरेका छन्।

  • न्युज बहार संवाददाता

थप