Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मन्त्री रघुवीर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न : तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री?

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, काठमाडौँ । भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठलाई राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले तपाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री भनेर प्रश्न गरेका छन् । 

सांसद शाहीले आज मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, ‘सभामुखमार्फत भौतिक मन्त्रीलाई भन्न चाहन्छु तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री ?, यदि संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् ।

संसद शाहीले जुम्लाको सिञ्जाबाट आएको भाषाको अपमान गरिएको भन्दै भौतिक तथा पूर्वाधार मन्त्रालयले धनुषाको ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा ८ अर्ब ४ करोड ७७ लाख बजेट विनियोजन गरेको, त्यस्तै झापामा ६ अर्ब ७० करोड गरी १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको तर सिङ्गो कर्णालीका १० वटा जिल्लालाई ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्र  विनियोजन गरेकोमा आपत्ति जनाएका हुन । 

  • न्युज बहार संवाददाता

थप