Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले संविधान विपरीतको काम गरिरहेको ज्ञानेन्द्र शाहीको आरोप

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, आइतवार

जेठ २, काठमाडौँ । सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएका छन् ।

सांसद शाहीले आज आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको उल्लेख गरेका हुन।उनले राप्रपा युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको बताएका छन भने संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न समेत गरेका छन । 

  • न्युज बहार संवाददाता

थप