Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कांग्रेसले सहकारीको महाकाव्य लेख्ने अनुष्ठान गरेको छ, तर समाधानको कुरा गरेको छैन : स्वर्णिम वाग्ले

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले माग गरेका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेले विगत केही दिनदेखि सदनमा कांग्रेसले निरन्तर सहकारीको महाकाव्य लेख्ने अनुष्ठान चलिरहेको तर समाधानको कुरा नगरेको समेत बताएका छन । 

रास्वपाले अर्थमन्त्रीको राजीनामा माग गर्दा अर्थमन्त्रीको कुरा सुन्नुपर्छ भनेर धारणा राखेको उनले बताएका छन । उनले भौतिक मन्त्री प्रकाश ज्वालाको पनि राजीनामा माग गर्दा पहिला उनको कुरा पनि सुन्नुपर्छ भनेको उल्लेख गरेका छन । 

उनले भने– ‘माननीय गृहमन्त्रीजीले म रोष्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध गर्ने अनि उहाँलाई यति धेरै आक्षेप लगाउने, यो असहिष्णुता हदसम्मको हो, कहाँबाट यस्तो अनुदारवाद आयो ? हामी यसो गरेर कस्तो संस्कृति बसाल्न खोजिरहेका छौँ, यो चिन्ताको विषय  बनेको छ ।’ 

  • न्युज बहार संवाददाता

थप