Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

महानगरले ई: लगायत अभियन्तासँग छिटो संवाद गर्नुपर्ने गगन थापाको भनाई

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, काठमाडौँ । ई: लगायत अभियन्तासँग काठमाडौँ महानगरपालिकाले छिटो संवाद गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

६ दिनदेखि अभियन्ता ई: लगायत राष्ट्रिय सभागृह अगाडि धर्ना दिइरहेका छन्।

आइतबार थापाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रिय सभागृह बाहिर छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु, लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ।

ई:लगायतले उठाएको मूलत विषय भनेको फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्छ भन्ने हो । सहरको अन्य आवागमनलाई असर नपर्ने गरी यस  मागका विषयमा व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको थापा बताउँछन्।

  • न्युज बहार संवाददाता

थप