बैशाख २, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
सुनको
मूल्यले गत बिहीबारदेखि नयाँ रेकर्ड बनाइरहेको थियो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार
छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबारको
उक्त मूल्य हालसम्मकै उच्च हो।
सुनको मूल्य आइतबारको तुलनामा मंगलबार प्रतितोला एक हजार सात सय
रूपैयाँले घटेको हो।
आज
मंगलबार
चाँदीको मूल्य पनि घटेको छ।
चाँदीको मूल्य यस दिन प्रतितोला १५ रूपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता