Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २५ गते शनिबारको राशीफल।

  •   ४ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

शुभ बिहानी, चैत्र २५ गते बैशाख कृष्ण द्वितिया तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज आँटेको र ताकेको कार्य पुरा होलान। कुनै समाचारले मनमा शान्ति छाउन सक्छ। लाभदायक र सुखद् यात्रा हुने योग रहेकोछ।

वृष– तपाईको आज नयाँ रोजगारको अवसर मिल्नेछ। प्रयत्न गरे फाइदा लिन सकिनेछ भने आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने योग छ।

मिथुन – तपाईको आज दैनिक कार्यमा प्रगति होला। साथीभाइसँग समय बित्नेछ। रमणीय र सुखद् यात्राको योग छ भने आत्मबल र हिम्मत पनि बढेर जाला।

कर्कट - कर्कट राशी हुनेहरुले आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्ला। विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ। आर्थिक कारोबारमा विवाद आउला।

सिंह –तपाईको आजको जोशजाँगर र उमंग बढ्ने र चिताएको कामले तीव्रता लिने समय छ। वैदेशिक कार्य अघि बढ्न सक्छ। आर्थिक कारोबारमा सफलता मिल्नेछ।

कन्या –   आज कन्या राशीका तपाईको ठीक समयमा सही निर्णय लिन सकिएला। पारिवारिक सहयोग मिल्ने र कला र गलाको प्रभाव बढ्ला। प्रेमीको सहयोग प्राप्त हुन सक्ला।

तुला – आज तपाइको पार्टी तथा सेमिनारमा सहभागी हुने समय छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। यात्रा लाभदायक हुनेछ।

वृश्चिक – तपाईको आज राजनैतिक कार्यमा बाधा आउन सक्छ। लेनदेनमा दुबिधा उत्पन्न होला। स्वास्थ्य बिग्रने भय पनि रहेको छ, तर साँझमा धन हात पर्ने सक्छ।

धनु – आज तपाइको रमणीय यात्राको योग रहेको छ। पार्टी तथा सेमिनारमा सहभागी भइने र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ भने बौद्धिकताको विकास हुने देखिन्छ।

मकर - मकर राशीका तपाईको आज वैदेशिक कार्य अघि बढेर जाला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता हात पर्ला। लाभदायक यात्रा पनि हुन सक्छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मिन – तपाईको आज मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउन सक्छ। यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान पुराउनु होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप