शुभ बिहानी, चैत्र २४ गते बैशाख कृष्ण प्रतिपदा तिथी शुक्रबार। आज विश्व स्वाथ्य दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित
खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज कुनै कुराले मनमा
शान्ति छाउनेछ। आँटेको र ताकेको कार्यहरु पुरा हुदै जाला। धर्म र सांस्कृतिक
सभासमारोहमा सरिक हुने समय छ।
वृष– तपाईको आज शुभकार्यमा
सहभागिता जनाइने योग छ। महिला वर्गबाट विशेष सहयोग मिल्ने र पुँजी बजारमा सफलता
मिल्नु का साथै आर्थिक क्षेत्र राम्रो हुन सक्छ।
मिथुन – तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। भाग्यले विभिन्न अवसर दिनेछ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। विशेष यात्रा पनि हुनसक्छ।
कर्कट - कर्कट राशी हुनेहरुको आज स्वास्थ्य
तथा सौन्दर्यतामा धन खर्च हुनेछ समय छ। अरुको लागि दौडधुप गर्न पर्ने हुनसक्छ।
चोटपटक लाग्न सक्छ,
तर आफन्तले सहयोग भने गर्ने देखिन्छ।
सिंह –तपाईको आजको दिन भाग्यशाली
रहेको छ। वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता हात लाग्ला। शेयर बजारको
क्षेत्रमा सफलता मिल्ने समय छ।
कन्या – आज कन्या राशीका तपाईको बोलीको भरमा कार्य सम्पादन हुने समय छ।
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता
पहुने योग छ।
तुला –
आज तपाइको धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र विद्या र
बुद्धिको विकास हुने योग छ। सजिलै अरुको विश्वास जित्न सकिएला भने आकस्मिक धन लाभ
हुने देखिछ।
वृश्चिक – तपाईको आज लगनशीलताको कमीले
गर्दा ठूलो उपलब्धि हात पार्न सकिदैन। समय प्रतिकुल भई कुलतमा मन जान सक्छ।
झैझमेलाको अवस्था पनि आउने छ।
धनु – आज तपाइको शुभकार्यको
चर्चा चल्ने र सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने समय छ। प्रेमको बन्धन
कसिने बेला छ भने मुद्दा मामिलामा सफलता मिल्ने समय छ।
मकर - मकर राशीका तपाईको आज मनोरञ्जनका
साथै धार्मिक कार्यमा रुचि बढ्ला, मनमा हर्ष, उमङ्ग
र उत्साह छाउने देखिन्छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ भने वस्त्र लाभ पनि
हुनसक्छ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज छोटो दुरीको लाभदायक यात्रा होला। राज्यबाट मान सम्मान मिल्नुका साथै
धर्मकर्म तथा समाजसेवामा मन जानेछ। वाहन सुख पनि मिल्न सक्छ।
मिन – तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने
समय छ । लाभदायक यात्रा पनि हुनसक्ने छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता