शुभ बिहानी, आज चैत्र १ गते चैत कृष्ण अष्टमी तिथी बुधबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज मनमा दुबिधा उत्पन्न
हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। अरूको मुख नहेरी सही
निर्णय लिन सके अवसरहरू प्राप्त होला।
वृष – तपाईको आज आकस्मिक
धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्ने देखिन्छ। कूटनीतिक नियोगको सहयोग मिल्न
सक्छ। पारिवारिक सद्भाव पनि बढ्नेछ।
मिथुन – आज तपाईंको विशिष्ट व्यक्तिसँग भेटघाटले मन प्रसन्न रहला।
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् तर यात्रा गर्दा चै दुख पाइएला।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज न्यायिक कार्यमा सफलता हात लाग्ला। आँटेको र ताकेको कार्य पुरा होला।
आफन्तको प्रगतिमा मन रमाउनेछ भने वस्त्र एवं अलंकार पनि प्राप्ति हुने देखिन्छ।
सिंह –तपाईको लगनशीलताले आज स्वास्थ्यमा
समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। मनमा चञ्चलता बढ्ने देखिन्छ भने
साँझमा शुभ समाचार सुन्नमा पाइएला।
कन्या – आज कन्या राशीका तपइले शुभ समाचार सुन्न पाउनुहुनेछ। कला र
गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग
र उत्साह छाउनेछ र वैदेशिक कार्य पनि अघि बढ्नेछ।
तुला –
तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कला र
गलाको प्रभाव बढ्ने देखिन्छ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुने देखिन्छ।
रोमाञ्चक यात्रा पनि गर्नु होला।
वृश्चिक - आज
अरूलाई प्रभावित पारेर काम बन्ने योग छ। चलाखीपूर्ण बोलीले गर्दा सङ्कल्प सिद्ध
हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ।
धनु – तपाइलाई आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने देखिन्छ।
सौन्दर्यतामा धन खर्च हुनेछ भने रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग
पुर्याउनेछ।
मकर - आज मकर राशीका तपाइको घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन
गर्न सकिएला। त्यस्तै आफन्तको प्रगतिमा मन रमाउनेछ र शैक्षिक क्षेत्रमा सफलता मिल्ला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज रमणीय र सुखद् यात्राको योग रहेको छ। मनमा हर्ष, उमङ्ग र उत्साह आउला। अग्रजहरूको सुझाव अनुसार अवसर
पहिल्याउन सकिनेछ।
मिन - तपाईलाई
आज श्रमदान गर्ने अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। प्रेममा सफलता
प्राप्त हुनेछ भने शुभकार्यको चर्चा पनि चल्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता