Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिहारको दोस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिदैँ

  •   ३ वर्ष अघि | २६ कार्तिक २०८०, आइतवार

कार्तिक २६, काठमाडौँ । तिहारको दोस्रो दिन आज लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । आज साँझ श्रद्धा भक्तिपूर्वक ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

लक्ष्मीले सफासुग्घर र लिपपोत नगरिएको घरमा बास गर्दिनन् भन्ने मान्यताका रहेकोले आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका ढोका, झ्याल, कोठा, चोटा, कौसी, सङ्घार, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । 

दीपावली गरिसकेपछि पूजा कोठामा कलश, दियो र गणेशसहित लक्ष्मी स्थापना गरी पैसा, गरगहना, चामल, धान, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । 

लक्ष्मीपूजापछि छोरी चेली र कन्या केटीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । धार्मिक विश्वास अनुसार आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्न जाने गरेका छन ।

  • न्युज बहार संवाददाता

थप