मंसिर
११, काभ्रेपलाञ्चोक । आजदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा जात्रा सुरु भएको
छ ।
आज
कात्तिक शुक्ल पूर्णिमा तिथि अर्थात शान्तिका प्रतीक गौतम बुद्धले
पूर्वजन्ममा ‘राजकुमार’को देहत्याग गरी बघिनीलाई जीवन प्रदान
गरेको दिन भन्न गरिन्छ ।
बुद्धले
लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरिको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान भन्ने
किंवदन्ती रहेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा सोही काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा मेला
लाग्दै आएको हो ।
द्वापर
युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा किंवदन्ती
अनुसार पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो
भीड लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यो मेलामा बर्सेनि करिब एक
लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना
गर्ने गरेका छन । जात्रा आज देखि रातभरि र भोलि पनि नमोबुद्धमा लाग्ने गर्दछ । यस
मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिने छ। सो गित तथा संस्कृतिक
नृत्य हेर्न लाखौँको भीड लाग्ने गर्दछ ।
- न्युज बहार संवाददाता