शुभ बिहानी, आज २०८० साल जेठ १७ गते, जेठ शुक्ल एकादशी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ कामको थालनी हुनका
साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा जोशजाँगर र हिम्मत बढ्ने र बन्धु
बान्धवबाट सहयोग मिल्ने समय छ।
वृष - तपाईलाई
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने जोशजाँगर,
हिम्मत बढ्नुका साथै बिनाप्रतिस्पर्धा फाइदा हुने र आफन्तले सहयोग गर्ने योग छ।
मिथुन - तपाईको
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहेको छ। नयाँ ज्ञान
सिक्ने मौका रहे पनि,
समय भने निकाल्न नसकिएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज धर्म, कर्म
तथा समाजसेवा जस्ता कार्यमा मन लाग्ला, अतिथिका रूपमा सम्मान पाइएला, नयाँ कामको
थालनी पनि होला।
सिंह – तपाईको आज आदर्श
ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा
नयाँ काममा हात हाल्ने समय रहेको छ।
कन्या - कन्या राशीका तपाइँको आज धार्मिक आस्था बढ्नुका साथै अरुलाई प्रभावित
पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुने तथा मिष्ठान्न भोजनको अवसर रहेको छ।
तुला - आज तपाइले चुनौती
सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्ने तथा अनावश्यक ठाउँमा धन खर्च हुनुका
साथै लगानी गर्नु उपलब्धीमूलक नहुन सक्छ।
वृश्चिक – तपाईको आज नयाँ कार्यको सफल योजना बन्ला, आर्थिक लाभ तथा
धनार्जन पनि होला,
तर कुनै समाचारले मन भने बिथोल्न सक्नेछ।
धनु – तपाइले आज गरेका कामबाट राम्रै लाभ हुनेछन। धर्मकर्ममा मन जानेछ।
शुभ तथा नयाँ कार्यको योजना बन्ने र प्रेम सम्बन्ध पनि राम्रो हुने समय छ।
मकर - मकर राशीका तपाईको आज नयाँ
कार्य, रोजगार वा नयाँ कामको अवसर आउनेछ। आफन्तको प्रगतिमा
मन रमाउने तथा शेयर बजारको लगानी पनि राम्रै होला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज जिद्दीपनाले
गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने देखिन्छ।
मिन – तपाईको
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्।
जोशजाँगर र उमङ्ग बढ्नुका साथै शुभकार्यको चर्चा हुनेछ, वैदेशिक कार्य पनि अघि बढेर
जाला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता