Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन २५ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन २५ गते, साउन कृष्ण दशमी तिथी बिहिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा होला। प्रेमीको सहयोग पाएला। विश्वास गरेकाले साथ दिने तथा दिनको उत्तरार्धमा धन खर्च पनि हुनसक्छ।

वृष  - तपाइको आज अधुरा कार्य पूरा गर्न सहयोग पाइएला। रमाइलो यात्रा हुने, नयाँ कार्यको योजना बन्ने शत्रुमाथि विजय मिल्ने योग रहेको छ।

मिथुन - तपाईको आज स्वास्थ्यमा समस्या आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। प्रेममा बाधा आउनुका साथै वैदेशिक क्षेत्र पनि कमजोर रहला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नसक्छ।

सिंह तपाईको आजको दिन भाग्यशाली भएर देखा पर्ने, बन्धु बान्धवबाट सहयोग मिल्ने, पुनर्मिलनको र शुभकार्यको चर्चा पनि चल्ने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज पुनर्मिलनको तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने, बन्धुबान्धवबाट सहयोग मिल्ने, प्रेमीको सहयोग पनि पाइने योग छ।

तुला - तपाइको आज मानसिक चिन्ता बढ्न सक्ने, प्रणयसम्बन्ध र रतिराग बढाउने तथा पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइने समय छ।

वृश्चिक  तपाईको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान। सन्तान सुख मिल्ला। जोशजाँगर र हिम्मत बढ्ने तथा धर्मकर्म तथा समाजसेवामा मन पनि जानेछ।

धनु  तपाइलाई आज कूटनीतिक नियोगको सहयोग मिल्ला। गरेको कार्यमा सफलता पाइएला। कुनै कुराले मनमा शान्ति छाउला र नजिकको व्यक्तिबाट कार्य पुरा होला।

मकर - मकर राशीका तपाइको आज एउटै कामबाट दोहोरो लाभ पाइएला। सांगीतिक क्षेत्रमा रुचि बृद्धि होला। दाम्पत्य जीवन सुखमय रहला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। राजनैतिक कार्यमा पनि बाधा आउला।

मिन – तपाइको आज शत्रु पराजित होलान। शैक्षिक क्षेत्रमा सफलता पाइएला। समाजसेवामा मन जानेछ। बन्धुबान्धवबाट सहयोग पनि मिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप