Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज २६ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज २६ गते, असोज कृष्ण चतुर्दशी तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनेछ, आम्दानी बढाउने काम सुरु गर्न र पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइने समय छ।

वृष  तपाइको आज अरूलाई प्रभावित पारेर नयाँ कार्यको योजना  बन्नसक्छ। सहयोगी हातहरू अघि बढ्लान। वित्तिय संस्थाबाट पनि सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नाले आर्थिक समस्याले तनावको सिर्जना गर। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सुखद् यात्राका अवसर पनि प्राप्त होला, आफूले गरेको काम देखाएर अरूको मन लोभ्याउन सकिएला। वित्तिय संस्थाबाट सहयोग पाइएला।

सिंह तपाईको आज नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी होला, मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

कन्या - कन्या राशीका तपाईको आज नयाँ ज्ञान सिक्ने मौका जुर्नेछ। परिवारबाट सहयोग पाइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र साहित्यिक क्षेत्रमा रूचि बढ्ने समय छ।

तुला - तपाइलाई आज साँझमा शुभ समाचार सुन्न पाइएला। आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुनेछ। लामो दुरीको यात्रामा पनि समस्या आउला।

वृश्चिक  तपाईको आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नाले आज प्रसन्नतापूर्वक समय व्यतीत होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान।

धनु  तपाइको आज सामाजिक कार्यमा विशेष अभिरुचि रहला र काममा सहजता मिल्नाले नयाँ व्यक्ति सँग भेटघाट हुने छ। साहित्यिक क्षेत्रमा रूचि बढेर जाला।

मकर - मकर राशीका तपाइको आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउन सक्छ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको योग पनि रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा सफलता मिल्ला, बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ। अनावश्यक धन पनि खर्च होला।

मिन – तपाइको आज पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहला, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप