Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २४ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | २४ भदौ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल भदौ २४ गते, भदौ कृष्ण एकादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ र शुभ कार्यको चर्चा हुनेछ। स्वादिष्ट खानेकुराको परिकार खान पाइएला। प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट होला।

वृष – तपाइको आजको समय पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल पुरा हुनेछन।

मिथुन - तपाई आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने, जटिल ठानिएको कामसमेत सम्पादन हुने, चिताएको कामले तीव्रता लिने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्यप्रति सजग रहनु पर्नेछ। दबाब र तनाव बढेको महसुस होला। महत्त्वपूर्ण अवसर गुम्न सक्ने र यात्रामा सावधानी अपनाउनु पर्ने देखिन्छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला। पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण रहेको छ।

कन्या - कन्या राशीका लागी आज अधिकार प्राप्त गर्न गरिएको प्रतिस्पर्धामा विजयी भइएला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन होला।

तुला - तपाइको आज रोकिएका काम पुनः सुरु हुन सक्नेछन। धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ।

वृश्चिक – तपाईको आज परिवारजनको साथले नयाँ आशा दिनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला तर यात्रा नगरेकै राम्रो होला।

धनु – तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। सामाजिक र धर्मकर्मको क्षेत्रमा मन जानेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास गर्नुहोला।

मकर - मकर राशीका तपाइको आज ज्ञान र अध्यात्मको भावना जाग्न सक्नेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। साझेदारीको काममा सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज लाभदायक यात्राको सम्भावना छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनुहुनेछ।

मिन – तपाइको आज दबाब र तनाव बढेको महसुस होला। कार्य सम्पादनमा समस्या आउने र जिद्दीपनाले गर्दा काम बिग्रने डर तथा नोक्सानी बेहोर्नु पर्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप