Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ४ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असोज ४ गते, भदौ शुक्ल षष्ठी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज जिद्दीपनाले गर्दा काम बिग्रने भय रहेको छ। प्रेमी प्रेमीकाका बिच खिन्नता छउला। सौन्दर्यतामा धन खर्च हुने र वैदेशिक कार्य अघि बढ्न सक्छ।

वृष – तपाइको आज मान्यजनसँग भेटघाट र शत्रुमाथि विजय प्राप्त होला। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाला। शुभकार्यको चर्चा पनि हुनछ।

मिथुन - तपाई आज बन्धु बान्धवबाट विशेष सहयोग पाइएला। साँझपख शुभ समाचार आउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कला र गलाको प्रभाव बढ्ला। सामाजिक मर्यादामा अभिवृद्धि होला। भाग्यले विभिन्न अवसर दिनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्ला।

सिंह – तपाईको आज अनावश्यक धन खर्च हुने र मानसिक चिन्ता बढ्ला। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला, तर वैदेशिक काम भने सफल होला।

कन्या - कन्या राशीका तपाईको आज मनमा प्रसन्नता छउला। मित्र सँग विशेष भेटघाट होला। शुभकार्यको चर्चा पनि हुनेछ। समाज र जनताको पनि साथ पाइएला।

तुला - तपाइको आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र छोटो दुरीको लाभदायक यात्रा होला। अधिकार प्रयोग गर्न पाइनेछ भने स्वास्थ्य प्रति भने सजग रहनु आवश्यक होला।

वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाला। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

धनु – तपाइको आज तनाव बढेको महसुस होला। मनमा निराशा र शरीरमा आलस्य छाउला। अनावश्यक यात्रा गर्नु पर्ला। प्रेमी प्रेमिकाका बिच खिन्नता आउनेछ।

मकर - मकर राशीका तपाइको आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। कूटनीतिक नियोगको सहयोग पाइएला। पुनर्मिलनको योग पनि छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनेछ। छोटो यात्रा सफल नै होला, तर लामो यात्राबाट हानी हुने र मानसम्मान पनि पाइनेछ।

मिन – तपाइको आज बौद्धिकताको विकास होला। आत्मविश्वास र पराक्रममा वृद्धि होला। राजनैतिक क्षेत्रमा सफलता पाइएला। न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप