Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २१ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१ २०८०

शुभ बिहानी, आज २०८० साल मंसिर २१ गते, मंसिर कृष्ण दशमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिएला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। चुनौतीको सामना बने गर्नुपर्नेछ।

वृष – तपाइको आज बोलीको प्रभाव बढेर जानेछ, चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल पाइएला। रोकिएका अधुरा कामहरू पुरा होलान।

मिथुन - तपाईको आज दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिनेछ त्यसैले सचेत रहनुहोला। गरेको कार्यमा बाधा आउला। धूम्रपान र मद्यपानबाट टाढै रहनु राम्रो हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापारमा भने सफलता नमिल्न सक्छ। आँटेको कार्य अगाडि बढेर जानेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

सिंह – तपाईको आज मानसिक चिन्ता भने बढेर जानेछ। दैनिक कार्यमा प्रगति होला। धार्मिक तथा समाजसेवामा मन जाने  लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

कन्या – कन्या राशी हुनेहरुको लागी दैनिकी विस्तारै सहज हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइएला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र पार्टनरसिपको कार्यमा सफलता पाइएला।

तुला - तपाइको आज साँझमा भने मन प्रसन्न होला। आर्थिक कारोबारमा विवाद आउला। स्वास्थ्यमा समस्या आउन सक्ने हुनाले स्वास्थ्य प्रति सजग रहनु होला।

वृश्चिक – तपाईको आज स्वादिष्ट परिकारहरू खान पाइएला। राजनीतिक क्षेत्रको काम अघि बढ्ला। नयाँ कार्यको योजनले गति लिनेछ। शुभ कार्यको चर्चा होला।

धनु – तपाइको आज वैदेशिक क्षेत्रमा सफलता मिल्ने र नयाँ कार्यको थालनी होला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। सांगीतिक क्षेत्रमा रुचि बढ्ला।

मकर - मकर राशीका तपाइको आज नयाँ कार्यको योजना बन्न सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। न्यायिक कार्यमा सफलता र शुभ समाचार सुन्न पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज छटपटी बढ्नाले मन कमजोर हुनेछ। वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

मिन – तपाइको आज कुटुम्बको सहयोग पाइएला। स्वादिष्ट भोजन र महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक हितको काम अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप