फागुन १५, काठमाडौँ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ भने हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ ।
आज बिहानको साइतमा काठमाडौँको मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका छन । आजका दिन हनुमानढोका दरबारको सुन्दरीचोक, पशुपति, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।
मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले चीर ठड्याएपछि असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताएका छन । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलि पर्व शुरु भएको मानिने बताएका छन । यस वर्षको होली पर्वको मुख्य दिन आजको एक हप्ता पछी अर्थात फागुन २२ गते सोमबार र २३ गते मंगलबार परेको छ । २२ गते सोमबार हिमाली तथा पहाडी जिल्लामा र २३ गते मंगलबार तराई जिल्लामा होली मनाइँदैछ ।
- न्युज बहार संवाददाता