कार्तिक
११, काठमाडौँ । आज एकदिवसीय
विश्वकपमा दुई खेल हुदैछन । पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्याडको
सामना गर्दै छ भने अर्को खेलमा बंगलादेश र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ ।
पहिलो खेल
धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा बिहान १०: ४५ बजे सुरु हुने छ भने दोस्रो खेल कोलकाताको
इडेन गार्डेन स्टेडियममा दिउँसो २ बजेदेखि हुनेछ ।
यो
विश्वकपमा दुवै टोलीको छैटौँ खेल हुनेछ ।
- न्युज बहार संवाददाता