बैशाख ५, काठमाडौँ । बुधबार नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ ।
आजको नेपाल
र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ बजेर ४५ मिनेट जाँदा सुरु
हुनेछ ।
जारी
प्रतियोगितामा नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ ।
आफ्नो
पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले दोस्रो खेलमा कतारलाई ३२ रनले र
तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको थियो ।
- न्युज बहार संवाददाता