असार १६, काठमाडौँ । साफ च्याम्पियनसिप २०२३ अहिले भारतको बेंगलुरुमा जारी रहको छ। च्याम्पियनसिप मा आज सेमिफाइनल खेल हुँदैछ ।
यस पटक दुई पहिलो सहभागितामै आमन्त्रित टिम लेबनान र कुवेत सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्नेछ।
दोस्रो सेमिफाइनल भारत र लेबनानबीच र पहिलो सेमिफाइनल कुवेत र बंगलादेशबिच हुनेछ ।
- न्युज बहार संवाददाता