Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालको क्लिनस्वीप जित, तिनैवटा खेलमा क्यानडा पराजित

  •   २ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, काठमाडौँ । नेपाल आज भएको क्यानडाविरुद्धको तेस्रो खेलमा ९ विकेटले विजयी भएको छ ।  नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट सिरिजमा नेपालले क्यानडालाई तीन खेलको क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज सोमबार भएको अन्तिम एकदिवसीय खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले भीम सार्की र अनिलकुमार साहको शतकको मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गरेको छ ।

नेपालले आफ्नो पहिलो एक विकेट ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो । त्यसपछी दोस्रो विकेटका लागि अनिल र भीमले अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन ।

आजको अनिल र भीमको साझेदारी यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो । 

  • न्युज बहार संवाददाता

थप