Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने

  •   २ वर्ष अघि | ४ जेष्ठ २०८१, शुक्रबार

जेठ ४, काठमाडौँ । नेपालले अमेरिका र क्यानडासँग आईसीसी टी-२० विश्वकप वार्मअप खेल खेल्ने भएको छ ।

आईसीसीले विश्वकप अघि प्रदान गर्ने दुई वार्मअप खेल तय भएका हुन् । आईसीसीका अनुसार नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आगामी जुन १ देखि २९ सम्म आईसीसी टी–२० विश्वकप क्रिकेट अमेरिका र वेष्टइण्डिजमा आयोजना हुँदैछ । नेपालसहित २० राष्ट्र टी–२० विश्वकपमा सहभागी रहेका छन् । चार समूहमा ५–५ टोली छन् भने सुपर–८ मा हरेक समूहका शीर्ष दुई टोली पुग्नेछन् ।

त्यसैगरी सुपर ८ मा दुई समूह हुनेछन् र हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।

  • न्युज बहार संवाददाता

थप