साउन २७, काठमाडौँ । इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लिओनल मेसीले इन्टर मियामी अमेरिकाको लागी लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
शनिवार बिहान इन्टर मियामीले क्वाटरफाइनलमा चार्लोटो एफसीलाई ४-० ले हराएको हो ।
इन्टर
मियामीले अब फाइनल प्रवेशका लागि अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।
- न्युज बहार संवाददाता